Friday, September 11, 2015

माइती घर

माइती घर 


परि उनको दैनिक घरायसी काम सकेर घाममा बसेर पढ्न  लागेकि थिइन, माघको दिनमा कुनै साथीले ल्याइदिएको सुन्तला र  निभुवा नजिकै थियो, बिहान भरिको चिसो भगाउन लाएको मोटा मोटा मोजा फुकाल्दै थिइन परि .  "परि पानि आयो आइजो भर्न " आमाले उसलाई बोलाउनु भयो . "बल्ल पड्न बसेको फेरी काम, कैले चै आनन्दले बस्न पाउनु? उफ्फ़ ,बा पनि घरमा नहुने भाइ बहिनि नि स्कुल जैले नि मा मात्र भएको बेल्ला आउछ यो पानि पनि . "
काठमान्डूको समस्या येही छ हप्तामा कैले एक पल्ट कैले दुइ पल्ट मात्र पानि आउछ, त्यो पनि घर भरि बसेकाहरुले थाप्नु पर्यो, फेरी उनको संगै फ्ल्याटमा पैला देखी बसेका नेवार संग पानि आए पिछे झगडा नपरेको दिन हुदैन थियो .  सानै देखि तेही ठाउमा बसेको उनीहरुको परिबारसंग  सानो सानो कुरामा पनि नेवार झगडा गर्थे .  कैले कही थोरै हल्ला हुदा , कैले कही भुराहरु खेल्दा त कैले कही बिनाकारण, एक प्रकारले भन्नु पर्दा ति नेवार परिबारले झगडा नगरेको दिन खाना पनि पचाउन सक्दैन थिए  होला । आज पनि भनाभन सकेर पानि भरेर , सकी नसकी पानि उचालेर माथि लाग्दै थिन , माथि बाट तल झर्न  भर्याङ्ग आइपुग्दा कोहि अपरिचित आए ।  एउटा अलि बुढो अर्को अधबैसे अनि अर्को भर्खर २० टेकेजस्तो केटा  आमा तिर आए र आमासंग गफ गर्न थाले ।  परि आफ्नै सुरमा बरण्डाको पानि भित्र राखेर फेरी पढ्न बासिन ।

सारै थाकेर अनि पुरानो घटनाले ठोकिएको कम्मर दुखेर उनि सिधा बस्न सकिनन्, एउटा सुन्तला तासेर खादै सुतिन,खै मनमा के के कुरा खेलाएर, प्राय समयमा उनि कुनै कुनामा बसेर खै के के कल्पना गरि रहन्छिन ।  एक सुरमा बसेकी थिन एकासी आमाले आएर भन्नु भयो, "नानि उठ तलाई  हेर्न मान्छे आएका छन् " मन खै के भयो एकासी कसैले भित्र मुटुमा लाग्ने गरि तिर हाने जस्तो " म ऐले बिहा गर्दिन्न भनेर अस्तिनै भनि सकेको हैन, पढेर केहि गर्नु छ , हजुरहरुलाई पाल्नु छ अनि मेरो केहि सपना  पनि पुरा गर्नु छ " पुलुक्क आमा तिर हेर्दै भनिन  । "हेर न त्यो पल्लो घरकी फतौरी छैनन् राजुकी आमा तिनले पठाको रे" ।

"आफ्नो छोरी चै कोको संग जोडिएर हिड्छे  तेस्को बेहा गर्दिनु नि के मलाई हेर्न पठाको " परि भुत्भुताउन लागिन , "अब आइसके एकपल्ट जाउन" यो आमाको बचन टार्न न सकेर जस्तो अबस्थामा थिइन तेस्तै गइन, सबै मुखमा हेरेर मख्ख  परे, हुन पनि तेती कलिली,प्यारी,बाआमाले मायागरेर राम्री बनाएकी परि देखेर मोहित नहुने कुरा पनि छैन  ।
 सबै जाना मुखा मुख गरेर बसे आमाले पानी लिएर आइजो भन्नु भयो, परि नजर  नउठाइ  गइन उनको मुहार रातो पिरो अनी झन् लाली छरिएर  सुनमाथि सुगनध छरे जस्तै भएको  थियो । पानि लिएर आउदा खास खुस गर्दै थिए "एक छिन गफ गर्न दिउ न त " अधबैसे मान्छे बोल्यो  ।

परि सरासर माथि बरण्डामा गइन पछि पछि त्यो केटा पनि आयो, माथि पुगेर "बस्नु न " भनेर कुर्सि दिइन । अनि उसले किताब तिर हेर्दै सोध्यो "कतिमा पड्छौ?? " परि अलि डराए जस्तो गरेर भनिन " BBS सेकेण्ड यियर" केटा चुप लागेर बस्यो अनि फेरी एकछिनमा सोध्यो "अनि पढाइ सकेर के गर्ने ?" अब अलि बलियो स्वोर बनाएर परिले भनिन " म पढेर आमा बुबाको सहयोग गर्न चहान्छु घर बनाइ सकेर बल्ल बिहा गर्ने सोच छ " केटा के हि झेस्केको जस्तो गरेर उनलाई हेरिरह्यो "अरु के हि छ ?? " परीले भनिन केटा टाउको हल्लाएर तल झर्यो अनि खै कुन्नि के खास खुस गरेर तिनै जाना "धन्यबाद है त हजुरहरु लाइ दुख दियौ " भन्दै गये ।
उता परि चै आमाको गला लागेर रुन थालिन " आमा अब चै कसैलाई पनि बोलाउने हैन मैले भनिसके त पैला एउटा घर बनाएर तपाईहरु लाइ नराखी म  बिहा गर्दिन्न " आमा परिको टाउको सुमसुम्याउदै भन्न लाग्नु भयो "हेर लाटि केटि मान्छे माइत छोडेर जानु त पर्छ नै त भंछेस भने अब सिधै भन्दिउला अहिले बेहा नगर्ने  रे भनेर " । एकछिन रोएर बासिन अनि आमाले भन्नु भयो," उठ म  खाजा बनाउन जानु पर्यो , बा भाइ बहिनि  आइपुग्ने बेला भयो  तँ पनि भोकाइस होला?"
परि खिस्स हासेर   आफ्नो कोठा पसिन अनि  सोच्न थालिन " के केटि भनेको चाइ खेलौना हो र? आमा बुबाले कति दुख गरेर पालेर येत्रो बनाउनु भयो कोहि माग्न आउदैमा पाउछ र?? हामि नारि किन हेपिनु परेको, म त एउटा माइतिको घर नबनाइ कतै जान्न, मेरो बाआमाले हाम्रो लागि  गरेको दुखको कर्जा पुरै तिर्न नसके नि येति त गर्छु गर्छु ,  भोलि पराइ घर पुगेर गर्बले भन्नु छ मेरो माइती घर जान्छु "
चिसो अनि थाकेकी उनि न्यानो ठाउ पाएर भुसुक्क निदाइन, आमाले बिस्तारै आएर ओढ्नि  ओडाइदिनु भयो, परि माइती घरको सपनामा मग्न भाइन... ।

 प्राण  भन्दा प्यारो माइती घर !!!!

1 comment: