Wednesday, October 7, 2015

दशैँ

दशैँ

दशै आयो .....! 
खाउला पिउला .....! 
कहा पाउला ......! 
चोरि ल्याउला....! 
धट्ट् पापि छूट्टै बसौला ....! 

(आँगनमा बिस्कुन् सुकायेको , बचचाहरु पिडीमा खेलिरहेका छन्, धने बारिमा गोरु जोतेर थकित् भयेर आइपुग्यो
"बाबा बाबा दशैको नया लुगा किन्न कैले जाने?" बचचाहरु ... .
"भोलि जाउला है?" 
"मलाइ  घागर् चाइन्छ
"मलाइ  जिन्सको पाइन्ट अनि भेस्ट् चाइन्छ
"मलाइ  तै ते तिन्ने ?" 
दुइ छोरा अनि एउटि छोरी खेल्दा खेल्दै आएर धानेको छेउमा बस्छन, आफ्नै सुरमा गफ गर्दै  .

“एक बर्ष पनि कति चाडै बितेको, अस्त्ति भर्खर् पोहोरको ऋण तिरी सकेको जस्तो लग्छ, कति चाडै आइ सके छ दशैँ, पोहोर त बल्ल बल्ल पल्लो घरे मानेले पैसा दिएको थ्यो, येस्पाली त उसको पनि छोरीको बिहा  गरेको उसैको ऋण होला कसरि कर्जो टार्नु होला ? बच्चाहरुको रमाइलो गर्ने बेला संगैका मान्छेले नया नौलो लगाएका मिठोमसिनो खाएका देखेर इच्छा पनि लाग्दो हो नि .  आफ्नो टोपी फाटेर सिलाएर लगाको छु,पातलिलाइ पनि  बिहामा किनेको धोति बाहेक  केहि दिन सकेको छैन , बिहा गरेको नि ७ बर्ष भइ  सकेछ  .   आफु एकलै काम गरेर खान नि धौ धौ छ, गरिबको घरमा त दसा बनेर आउछ यो दशैँ पनि  .  आफु त जसरि तसरी चित्त बुजायो यी लाउ लाउ खाउ खाउ भन्ने उमेरका बच्चाहरुको पो इच्छा कसरि पुरा गर्नु? अस्ति गोरुले डिठ्ठा साहुको खेति नास गरेर हर्जना तिर्न राखेको पैसा छ अब तेसैले कर्जो चलाउनु पर्ला अनि भैचालोमा  मर्केको खुट्टा पनि पछि उपचार गरौला .  के गर्नु खाउ भने दिनभरीको सिकार नखाउ भने आफ्नै कान्छो  बाउको अनुहार  . उफ्फ्फ़”
 टोपीले पसिना पुछ्दै

येस्पाली दसैको पैसाले त म इन्स्ट्रुमेन्ट बक्स किन्छु....!
म त पारीको कथा भएको किताब किन्छु......!
म त बाबालाई दिन्थु  ......!

“हुनेखाने पो जसो गर्न नि  सक्छन , हामि भए खानेलाई किन हेप्या होला भगवानले पनि , दैब पनि एकै चोटी लाग्छ भुइचालोले बनाएको घाउ अझै आलै छ त्यो  माथी दशैँ .   देशमा पनि अनेक बखाडा गर्या छन् रे खै के दशैँ मनाउनु? नया नेपाल भन्थे येस्तै रैछ क्यारे, हामि भोका दिन दुखि लाइ अझै दुख थपिने, ति आलिसान महलमा बसेर पैसा धुत्न पाएका ब्वासोहरुलाई चै मस्ती, के थाहा ति पिपासुहरुलाई गरिबको घरमा के पाक्छ कि पटुकी बाधेर सुत्छन भन्ने .
खै ! कसलाई दोष दिनु आफ्नै पुर्पुरो समायो बस्यो .
त्यतिकैमा जेठो चै छोरोको बोलि बाण, तिर अनि भाला बनेर च्वास्स बिज्यो मनमा अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम बम फुट्यो मनमा .  अनि अवाक भए बोलि फ़ुटेन हेरेको हेरेइ भए .
बाबा संबिधान बन्यो रे यसपाली त हाम्ले नया लुगा लाएर मिठो खान पाउछौ होला नि है? मलाइ चै अस्तिन सहर जादा खाको मिठाइ दे भन्दिनु है? बाबा भन्नु न खान दिन्छ नि संबिधानले?

यो प्रश्नको उत्तर दिन असमर्थ भए सक्नु हुन्छा भने यो बाल सुलभ जिज्ञासा मेटाइदिनु होला .


No comments:

Post a Comment