प्रिय
आज फेरि खै कताबाट तिम्रो सम्झनाले मलाई घच्घच्चयायो । खै कता बाट सुरु गरुँ तिम्रो निष्ठुरि मायको कथा । आज पनि मेरो मनसपटलमा ताजै छ ति सम्झना तिम्रो असिम माया । तिमीसँग बिताएका ति पल, आहा ! कति रमाईलो थियो, खै कसले तिम्रो निश्चल मनमा छारो हलिदियो । अब त मलाई सम्झना पनि गर्दैनौ होला तर आश्चर्य छैन म तिम्रो को नै हुँ र ? तिमले नसम्झे पनि मेरा त तेस्ता दिन छैनन् होला जुन दिन तिम्रो सम्झना नगरु ।
हिजो मात्र जस्तो लाग्छ तिमीले मलाई नछोड्ने वाच गरेको, दैउरालीको देवी साक्षी राखेको थियौँ, यो कुरा सुनेका पहाड, खोला जीवतै छन् । तर तिम्रो माया कस्तो–कस्तो खहरे खोला जस्तो, माया गरुन जेल समाल्न नसकिने माया गर्छाै, जब वर्षा समाप्त हुन्छ तिम्रो माया पनि ...................उफ्.... अब त आश पनि मरि सक्यो । बसन्तमा देख्दा सेतो पहिरनमा परी जस्तै रङ्गीबिरङगी वस्त्रमा हुन्छौ । जब वर्षा लाग्यो हरियो फरिया फेर्छौ र त्यो पापी सरद ऋतुको आगमनले त तिम्रो अस्मिता नै लुटे जस्तो लाग्छ ।
अब त बिर्सि सक्यौ होला है? ति पल, ति क्षण, हुन पनि म को–को नै हुँ र तिम्रो सम्झनलाई । मात्र म तिम्रो पगल प्रेमी न परँे । तर थाहा छ? तिम्रो न्यानो काखमा खेलेको, कोमल वक्षस्थलमा सुतेको, तिम्रो न्यानो माया पाएको, तिम्रो न्यानो हातले मेरो कपाल सुम्सुम्याएको, मैले तिमीलाई जिस्काउँदै गरेको ति क्षण आहा! म यो जीवन भर बिर्सन सक्दिन । म पनि कस्तो चकचके है? तिम्रो कपाल तान्ने, तिमीलाई चिमोट्ने आज सम्मझदा पनि रमाईलो लाग्छ । तिमी पनि कम भने थिएनौ । सबेरै भाले बास्नु भन्दा अगाडि नै देखि आफ्नो सौन्दर्यको प्याला पीलाएर मोहित पार्थेउ । म पनि त्यस सौन्दर्यले मोहित नहुने कुरै भएन । बिहानै देखि आईपुग्थेँ तिम्रो समीपमा । म नआएका दिन रिसाएर धुम्म पाथ्र्यौै र समिपमा नबसे जुन ढाक्ने गरि धुम्म पाथ्र्यौ ।
तिमीलाई थाहा छ रात भरि म घरमा भए ता पनि मन भने तिमी तिरै डुलाई राखेको हुन्थेँ । जूनेलि रातमा त तिमी यति सुन्दर देखिन्थ्यौ कि म सँग वर्णन गर्ने शब्द पनि छैन । जब सुर्य विदा भएर चुक अमिलो पोखे झैँ अध्यारो औँसीको उराठ लाग्दो रात पर्याे तब म रात भर छट्पटाई रहन्थेँ । त्यो औँसीको रातमा सुत्न नसकी घबराएको मन लिएर एक पटक देख्न आतुर भएर बिहानीको पर्खाइमा कुरि रहन्थेँ ।
यो माया भन्ने खेल पनि अचम्मको रहेछ, जीउँदा पनि आफ्नै तरिकाले जीउन नसकीने, तिम्रै इच्छाका बस्तुहरु प्रयोग गर्नु पर्ने साँच्चै भन्दा तिम्रै इसारामा नाच्नुपर्ने । एउटा अदृश्य शक्ति हुदो रहेछ मायामा । तर तिमीलाई थाहा छ? माया बसे पछि मान्छे खाना नरुच्ने, वास्तबिक जीवन भुल्ने र दीवा सपना देख्ने हुन्छ भन्थे तर मलाई त त्यस्तो कहिलै पनि भएन । सायद तिमीलाई पनि त्यस्तो भएन होला ।
धेरै त होइन १५ वर्षको माया मेरै कारणले तोडियो । त्यति लामो समय सम्म तिमीलाई प्रगाढ माया गर्ने सायद कोही पनि भेट्दैनौ होला । तिम्रो त जता गए पनि बाटो छ तर मरो भने तिमी बाहेक अरु कुनै बिकल्पनै छनै । धेरै त भएको छैन तिमीलाई नभेटेको त्यस्तै दुई–चार वर्ष भयो होला । म भन्दा प्यारो अरु कोहि पाइ सक्यौ होला । मलाई त अब तिम्रो मनमा कुनै ठाउँ नै छैन होला । मात्र यहि गुनासो छ कि तिम्रो माया मार्नु मेरो रहर नभएर बाध्यता थियो । तिमीलाई थाहानै होला म कुन कारणले तिमीबाट टाढा भएँ । एक दिन म सक्षम हुने छु तिम्रो न्यानो माया पाउन र तिमीलाई सिँगार्न अवश्य आउनेछु । जैले भए पनि म तिमीलाई स्वीकर्न तयार छु । आशा छ तिमी पनि मलाई पर्खेर बस्ने छौ ।
अझ पनि तिम्रो माया ताजै छ मेरो मनमा । यो मरुभूमिमा एक पल पनि बस्न मन छैन । त्यसैले मेरो जन्म स्थल म आज पनि तिमीलाई त्यति नै माया गर्छु, जति पहिलेका दिनहरुमा गर्ने गर्दथेँ । चाँडै नै तिमीलाई सिँगारेर बेहुली बनाइ डोलिमा चढाउने छु र स्वर्गको खुसीहरु तिमीलाई दिने छु ।
जन्मभूमि उहि तिम्रो पागल पे्रमी.............।।
No comments:
Post a Comment