Friday, September 11, 2015

माइती घर

माइती घर 


परि उनको दैनिक घरायसी काम सकेर घाममा बसेर पढ्न  लागेकि थिइन, माघको दिनमा कुनै साथीले ल्याइदिएको सुन्तला   निभुवा नजिकै थियो, बिहान भरिको चिसो भगाउन लाएको मोटा मोटा मोजा फुकाल्दै थिइन परि .  "परि पानि आयो आइजो भर्न " आमाले उसलाई बोलाउनु भयो . "बल्ल पड्न बसेको फेरी काम, कैले चै आनन्दले बस्न पाउनु? उफ्फ़ ,बा पनि घरमा नहुने भाइ बहिनि नि स्कुल जैले नि मा मात्र भएको बेल्ला आउछ यो पानि पनि . "
काठमान्डूको समस्या येही हप्तामा कैले एक पल्ट कैले दुइ पल्ट मात्र पानि आउछ, त्यो पनि घर भरि बसेकाहरुले थाप्नु पर्यो, फेरी उनको संगै फ्ल्याटमा पैला देखी बसेका नेवार संग पानि आए पिछे झगडा नपरेको दिन हुदैन थियो .  सानै देखि तेही ठाउमा बसेको उनीहरुको परिबारसंग  सानो सानो कुरामा पनि नेवार झगडा गर्थे .  कैले कही थोरै हल्ला हुदा , कैले कही भुराहरु खेल्दा कैले कही बिनाकारण, एक प्रकारले भन्नु पर्दा ति नेवार परिबारले झगडा नगरेको दिन खाना पनि पचाउन सक्दैन थिए  होला आज पनि भनाभन सकेर पानि भरेर , सकी नसकी पानि उचालेर माथि लाग्दै थिन , माथि बाट तल झर्न  भर्याङ्ग आइपुग्दा कोहि अपरिचित आए   एउटा अलि बुढो अर्को अधबैसे अनि अर्को भर्खर २० टेकेजस्तो केटा  आमा तिर आए आमासंग गफ गर्न थाले   परि आफ्नै सुरमा बरण्डाको पानि भित्र राखेर फेरी पढ्न बासिन

सारै थाकेर अनि पुरानो घटनाले ठोकिएको कम्मर दुखेर उनि सिधा बस्न सकिनन्, एउटा सुन्तला तासेर खादै सुतिन,खै मनमा के के कुरा खेलाएर, प्राय समयमा उनि कुनै कुनामा बसेर खै के के कल्पना गरि रहन्छिन ।  एक सुरमा बसेकी थिन एकासी आमाले आएर भन्नु भयो, "नानि उठ तलाई  हेर्न मान्छे आएका छन् " मन खै के भयो एकासी कसैले भित्र मुटुमा लाग्ने गरि तिर हाने जस्तो " म ऐले बिहा गर्दिन्न भनेर अस्तिनै भनि सकेको हैन, पढेर केहि गर्नु , हजुरहरुलाई पाल्नु अनि मेरो केहि सपना  पनि पुरा गर्नु " पुलुक्क आमा तिर हेर्दै भनिन  "हेर त्यो पल्लो घरकी फतौरी छैनन् राजुकी आमा तिनले पठाको रे"

"आफ्नो छोरी चै कोको संग जोडिएर हिड्छे  तेस्को बेहा गर्दिनु नि के मलाई हेर्न पठाको " परि भुत्भुताउन लागिन , "अब आइसके एकपल्ट जाउन" यो आमाको बचन टार्न सकेर जस्तो अबस्थामा थिइन तेस्तै गइन, सबै मुखमा हेरेर मख्ख  परे, हुन पनि तेती कलिली,प्यारी,बाआमाले मायागरेर राम्री बनाएकी परि देखेर मोहित नहुने कुरा पनि छैन 
 सबै जाना मुखा मुख गरेर बसे आमाले पानी लिएर आइजो भन्नु भयो, परि नजर  नउठाइ  गइन उनको मुहार रातो पिरो अनी झन् लाली छरिएर  सुनमाथि सुगनध छरे जस्तै भएको  थियो । पानि लिएर आउदा खास खुस गर्दै थिए "एक छिन गफ गर्न दिउ " अधबैसे मान्छे बोल्यो 

परि सरासर माथि बरण्डामा गइन पछि पछि त्यो केटा पनि आयो, माथि पुगेर "बस्नु " भनेर कुर्सि दिइन अनि उसले किताब तिर हेर्दै सोध्यो "कतिमा पड्छौ?? " परि अलि डराए जस्तो गरेर भनिन " BBS सेकेण्ड यियर" केटा चुप लागेर बस्यो अनि फेरी एकछिनमा सोध्यो "अनि पढाइ सकेर के गर्ने ?" अब अलि बलियो स्वोर बनाएर परिले भनिन " पढेर आमा बुबाको सहयोग गर्न चहान्छु घर बनाइ सकेर बल्ल बिहा गर्ने सोच " केटा के हि झेस्केको जस्तो गरेर उनलाई हेरिरह्यो "अरु के हि ?? " परीले भनिन केटा टाउको हल्लाएर तल झर्यो अनि खै कुन्नि के खास खुस गरेर तिनै जाना "धन्यबाद है हजुरहरु लाइ दुख दियौ " भन्दै गये
उता परि चै आमाको गला लागेर रुन थालिन " आमा अब चै कसैलाई पनि बोलाउने हैन मैले भनिसके पैला एउटा घर बनाएर तपाईहरु लाइ नराखी   बिहा गर्दिन्न " आमा परिको टाउको सुमसुम्याउदै भन्न लाग्नु भयो "हेर लाटि केटि मान्छे माइत छोडेर जानु पर्छ नै भंछेस भने अब सिधै भन्दिउला अहिले बेहा नगर्ने  रे भनेर " । एकछिन रोएर बासिन अनि आमाले भन्नु भयो," उठ म  खाजा बनाउन जानु पर्यो , बा भाइ बहिनि  आइपुग्ने बेला भयो  तँ पनि भोकाइस होला?"
परि खिस्स हासेर   आफ्नो कोठा पसिन अनि  सोच्न थालिन " के केटि भनेको चाइ खेलौना हो ? आमा बुबाले कति दुख गरेर पालेर येत्रो बनाउनु भयो कोहि माग्न आउदैमा पाउछ ?? हामि नारि किन हेपिनु परेको, एउटा माइतिको घर नबनाइ कतै जान्न, मेरो बाआमाले हाम्रो लागि  गरेको दुखको कर्जा पुरै तिर्न नसके नि येति गर्छु गर्छु ,  भोलि पराइ घर पुगेर गर्बले भन्नु मेरो माइती घर जान्छु "
चिसो अनि थाकेकी उनि न्यानो ठाउ पाएर भुसुक्क निदाइन, आमाले बिस्तारै आएर ओढ्नि  ओडाइदिनु भयो, परि माइती घरको सपनामा मग्न भाइन...

 प्राण  भन्दा प्यारो माइती घर !!!!

Thursday, September 10, 2015

आँखा

 आँखा 

(कुनै केटिलाइ देखेर कुनै केटामा पैदा हुने सोच, मेरो कल्पना)

स्थान: तिलगंगा आखा अस्पताल
समय: बिहान ५ बजे देखि १ बजे सम्म 

बिहान सबेरै उठेर गौसलाबाट बाटो तताए तिलगंगा तिर, आँखामा कुनै समस्या भएर, पड्दा अनि कम्प्युटर अगाडी बस्दा अविरल आसु झरेरेको कारण । ५ बजेमा लाइनमा
पुगी सकेको थिए मसंगै थुप्रै थिए, म भन्दा पछाडी आयिन कुनै कन्या, नजर एकोहोरो भयो, मन खै कता गयो होसै भएन "भाइ अगाडी सर कि म जाउ?'' कसैको पर्स्वाबाट आएको आवाजले म झसङ्ग भए अनि अगाडि बडे लाइन तिर फेरी फर्केर हेर्न सकिन, टिकट लिएर लागे घर तिर मनमा बेचैन लिएर ।

घर पुगेर फर्के अनेक कुरा मनमा लिएर, मेरो पालो ८ बजे तिर आउने थियो तेसैले खाना खाने निउले घर पुगेको, खै के जादु चल्यो न खान मन भयो न घर मै बस्न
अरु दिन प्राय जस्तो घरभित्रै समय बिताउन रुचाउने म टिक्न सकिन एकपल पनि घरमा फेरी लागे ७ बज्ने बित्तिकै फेरि तिल्गंगा, अब त आखा जचाउन  भन्दा पनि मलाइ  आतुर थियो उनलाई भेट्न  ..

फेरी कुर्ने बेञ्चमा गएर बसे कैले यता कैले उता उनकै बाटोमा पलका बिछ्छ्यायेरा ,कैले पल्लो छेउ कैले ओल्लो  त कैले तल र माथी, छट्पटि मै बित्यो १ घण्टा अनि पर तिर  एउटा चट्पटको अगिल्लो तिर देखे उनलाई केहि खादै, टाडा बाट हेरे अनि मुस्कुराए,  अब प्रतिछ्या समाप्त भयो उनको आगमन भयो ८:३०मा , मन तेसै फुरुङ्ग भयो खै किन किन??

म बसे कुर्सिमा उनि आएर बासिन संगै को कुर्शीमा उनको टोकन नो. ३४ मेरो ३३, सानै देखि ३३ नम्बर सारै राम्रो लाग्थ्यो झन् त्यो बेला त कुनै मन हर्ने सुन्दरी थिन ३३ नम्बरको पछाडी,, खै मनले भन्दै थियो केहि बोल तर मुख बोल्न सकेन, पालो आयो मेरो भित्र छिर्ने अनि उनको नि म  भन्दा  अर्को डाक्टर संग, डाक्टरले मलाइ यो कता फर्क्या छ भनेर कुनै अक्षेर देखाएर सोध्थ्यो मैले खै  के जबाफ दिए याद छैन बस मेरो ध्यान उनकै आखामा थियो , उनको नि रिफ्रासन टेस्ट सकियो मेरो नि सकियो फेरी अर्को कोठामा गएर आखा चिम्लेर बस्नु पर्ने थियो खै कुनै ओखति हालेर तर मेरो आखा चिम्लिन  मानेनन् उनको त्यो आखा चिम्लेको मुहार हेर्नमा मग्न भयो, "भाइ आखा बन्द गरन  फेरी बिग्रिन्छ टेस्ट" मोफसलबाट नर्स .

अब सबै टेस्ट सकियो बाइर  निस्किने बेला भयो औषधि किन्ने बेला भयो उनको र मेरो चस्माको पावोर पनि मिल्दोजुल्दो थ्यो -0.५०  मेरो उनको -0.७५, औशधी किन्दा उनको ५ कम भयो मेरो ५ बादी मैले तेइ मिलाउनु भने अनि  निस्किने बेला उनको पहिलो अनि साएद अन्तिम आवाज सुने "थ्यांक यु " मा अगाडी बढे मुस्कुराएर ..  

त्यो मिर्ग नयन , खैरो आखा ,पातलो आखि भुइँको मसिनो डोरो, परेली पनि घन्टौ लाएर बाटेर बनाए जस्तो,आखाका नानि ट्ल्केर रेटिनाले विकिरण छरे जस्तो थ्यो, आखाको तल्लो भागमा मिलाएर लाएको गाजल, सानो आखा , नरम हेराइ,झुकेका नजर, आखाक नानि एकदम चहकिलो, कैले कै चुलबुल गरेर अनेक तिर नचाउने आखा, बस तेइ याद छ.. उनको नाम के हो को हुन् सोघने हिम्मत भएन तर मेरो नजरमा उनि नैना हुन् मेरी नैना यानी आखा .......

Wednesday, September 9, 2015

प्रिय

प्रिय


आज फेरि खै कताबाट तिम्रो सम्झनाले मलाई घच्घच्चयायो । खै कता बाट सुरु गरुँ तिम्रो निष्ठुरि मायको कथा । आज पनि मेरो मनसपटलमा ताजै छ ति सम्झना तिम्रो असिम माया । तिमीसँग बिताएका ति पल, आहा ! कति रमाईलो थियो, खै कसले तिम्रो निश्चल मनमा छारो हलिदियो । अब त मलाई सम्झना पनि गर्दैनौ होला तर आश्चर्य छैन म तिम्रो को नै हुँ र ? तिमले नसम्झे पनि मेरा त तेस्ता दिन छैनन् होला जुन दिन तिम्रो सम्झना नगरु ।
हिजो मात्र जस्तो लाग्छ तिमीले मलाई नछोड्ने वाच गरेको, दैउरालीको देवी साक्षी राखेको थियौँ, यो कुरा सुनेका पहाड, खोला जीवतै छन् । तर तिम्रो माया कस्तो–कस्तो खहरे खोला जस्तो, माया गरुन जेल समाल्न नसकिने माया गर्छाै, जब वर्षा समाप्त हुन्छ तिम्रो माया पनि ...................उफ्.... अब त आश पनि मरि सक्यो । बसन्तमा देख्दा सेतो पहिरनमा परी जस्तै रङ्गीबिरङगी वस्त्रमा हुन्छौ । जब वर्षा लाग्यो हरियो फरिया फेर्छौ र त्यो पापी सरद ऋतुको आगमनले त तिम्रो अस्मिता नै लुटे जस्तो लाग्छ ।
अब त बिर्सि सक्यौ होला है? ति पल, ति क्षण, हुन पनि म को–को नै हुँ र तिम्रो सम्झनलाई । मात्र म तिम्रो पगल प्रेमी न परँे । तर थाहा छ? तिम्रो न्यानो काखमा खेलेको, कोमल वक्षस्थलमा सुतेको, तिम्रो न्यानो माया पाएको, तिम्रो न्यानो हातले मेरो कपाल सुम्सुम्याएको, मैले तिमीलाई जिस्काउँदै गरेको ति क्षण आहा! म यो जीवन भर बिर्सन सक्दिन । म पनि कस्तो चकचके है? तिम्रो कपाल तान्ने, तिमीलाई चिमोट्ने आज सम्मझदा पनि रमाईलो लाग्छ । तिमी पनि कम भने थिएनौ । सबेरै भाले बास्नु भन्दा अगाडि नै देखि आफ्नो सौन्दर्यको प्याला पीलाएर मोहित पार्थेउ । म पनि त्यस सौन्दर्यले मोहित नहुने कुरै भएन । बिहानै देखि आईपुग्थेँ तिम्रो समीपमा । म नआएका दिन रिसाएर धुम्म पाथ्र्यौै र समिपमा नबसे जुन ढाक्ने गरि धुम्म पाथ्र्यौ ।
तिमीलाई थाहा छ रात भरि म घरमा भए ता पनि मन भने तिमी तिरै डुलाई राखेको हुन्थेँ । जूनेलि रातमा त तिमी यति सुन्दर देखिन्थ्यौ कि म सँग वर्णन गर्ने शब्द पनि छैन । जब सुर्य विदा भएर चुक अमिलो पोखे झैँ अध्यारो  औँसीको उराठ लाग्दो रात पर्याे तब म रात भर छट्पटाई रहन्थेँ । त्यो औँसीको रातमा सुत्न नसकी घबराएको मन लिएर एक पटक देख्न आतुर भएर बिहानीको पर्खाइमा कुरि रहन्थेँ ।
यो माया भन्ने खेल पनि अचम्मको रहेछ, जीउँदा पनि आफ्नै तरिकाले जीउन नसकीने, तिम्रै इच्छाका बस्तुहरु प्रयोग गर्नु पर्ने साँच्चै भन्दा तिम्रै इसारामा नाच्नुपर्ने । एउटा अदृश्य शक्ति हुदो रहेछ मायामा । तर तिमीलाई थाहा छ? माया बसे पछि मान्छे खाना नरुच्ने, वास्तबिक जीवन भुल्ने र दीवा सपना देख्ने हुन्छ भन्थे तर मलाई त त्यस्तो कहिलै पनि भएन । सायद तिमीलाई पनि त्यस्तो भएन होला ।
धेरै त होइन १५ वर्षको माया मेरै कारणले तोडियो । त्यति लामो समय सम्म तिमीलाई प्रगाढ माया गर्ने सायद कोही पनि भेट्दैनौ होला । तिम्रो त जता गए पनि बाटो छ तर मरो भने तिमी बाहेक अरु कुनै बिकल्पनै छनै । धेरै त भएको छैन तिमीलाई नभेटेको त्यस्तै दुई–चार वर्ष भयो होला । म भन्दा प्यारो अरु कोहि पाइ सक्यौ होला । मलाई त अब तिम्रो मनमा कुनै ठाउँ नै छैन होला । मात्र यहि गुनासो छ कि तिम्रो माया मार्नु मेरो रहर नभएर बाध्यता थियो । तिमीलाई थाहानै होला म कुन कारणले तिमीबाट टाढा भएँ । एक दिन म सक्षम हुने छु तिम्रो न्यानो माया पाउन र तिमीलाई सिँगार्न अवश्य आउनेछु । जैले भए पनि म तिमीलाई स्वीकर्न तयार छु । आशा छ तिमी पनि मलाई पर्खेर बस्ने छौ ।
अझ पनि तिम्रो माया ताजै छ मेरो मनमा । यो मरुभूमिमा एक पल पनि बस्न मन छैन । त्यसैले मेरो जन्म स्थल म आज पनि तिमीलाई त्यति नै माया गर्छु, जति पहिलेका दिनहरुमा गर्ने गर्दथेँ । चाँडै नै तिमीलाई सिँगारेर बेहुली बनाइ डोलिमा चढाउने छु र स्वर्गको खुसीहरु तिमीलाई दिने छु ।
जन्मभूमि उहि तिम्रो पागल पे्रमी.............।।